सारिकाको शब्द, संगीत र स्वरमा ‘गुन भुल्यौ–२’ दर्शकमाझ

सारिकाको शब्द, संगीत र स्वरमा ‘गुन भुल्यौ–२’ दर्शकमाझ

नमनखबर डेस्क - २०८२-१२-२६

काठमाडौँ - ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ को अपार सफलतापछि गायिका तथा नायिका सारिका घिमिरे नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ लिएर दर्शकमाझ आएकी छन्। प्रेमविछोडको पीडा समेटिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै श्रोता–दर्शकको माया बटुल्न थालेको छ।

सारिकाकै शब्द, संगीत र स्वर रहेको गीतको मिक्सिङ तथा माष्टरिङ मनोज परियारले गरेका छन्। केशवराज भट्टको निर्देशनमा तयार भएको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोमा सारिका स्वयंका साथै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ।

गीतमार्फत आफूले माया गरेको र गुन लगाएको व्यक्तिले बिस्तारै भुल्दै गएको भावनात्मक पीडा व्यक्त गरिएको छ। भुलिँदै जाने मायाप्रति सारिकाले गीतमार्फत गुनासो प्रस्तुत गरेकी छन्। ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ जस्तै यस गीतले पनि दर्शकको मन जित्नेमा सारिका आशावादी छन्।

डेढ दशकदेखि गायन, मोडलिङ, अभिनय र सिर्जनामा सक्रिय सारिका पछिल्लो समय गायिकाका रूपमा विशेष चर्चा कमाउँदै गएकी छन्। उनका गीतहरू टिकटक र रिल्समा समेत व्यापक रूपमा प्रयोग भइरहेका छन्। गीतको भिडियो सारिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली चलचित्र क्षेत्रमा पहिचान बनाएकी सारिकाले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् भने करिब तीन दर्जन गीतका भिडियोमा पनि देखिएकी छन्। पछिल्लो समय उनका केही गीत करोडौं भ्यूज प्राप्त गर्दै ‘करोड क्लब’मा समेत प्रवेश गरिसकेका छन्।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments