२०८३-वैशाख-१७ बिहिबार

बिहानको ११:२५:२७

निर्वाचन तयारीमा आक्रामक बन्दै कांग्रेस: काभ्रे क्षेत्र नं १ का ६९ वटै वडामा परिचालन समिति गठन गरिने

अशोक बुद्ध लामा माघ १४, २०८२ २६५
निर्वाचन तयारीमा आक्रामक बन्दै कांग्रेस: काभ्रे क्षेत्र नं १ का ६९ वटै वडामा परिचालन समिति गठन गरिने

भकुण्डेवेशी: आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं १ ले वडा तहसम्मै निर्वाचन तयारी तीव्र पारेको छ। मंगलबार भकुण्डेवेशीमा आयोजित तयारी भेलामार्फत निर्वाचन परिचालन समितिले ६९ वटै वडामा प्रचारप्रसार समिति र कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

परिचालन समितिका संयोजक दिनेश लामाका अनुसार सबै वडामा व्यवस्थापकीय प्रबन्ध मिलाइसकिएको छ र पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरूलाई समेत परिचालन गरिएको छ। भेलामा जिल्ला सभापति तीर्थ लामा, निवर्तमान केन्द्रीय सदस्य गणेश लामा र उम्मेदवार गुणराज मुक्तानले कांग्रेसको जित सुशासन र संविधान रक्षाका लागि अपरिहार्य रहेको बताउनुभयो। सोही अवसरमा नेकपा एमाले र विभिन्न संगठन परित्याग गरी २५ जना नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।