काभ्रेपलाञ्चोकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान समापन: मानवअधिकारकर्मी, चिकित्सक र विद्यार्थी सम्मानित

काभ्रेपलाञ्चोकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान समापन: मानवअधिकारकर्मी, चिकित्सक …

नमनखबर डेस्क - २०८२-०८-२५

धुलिखेल, काभ्रेपलाञ्चोक, २०८२ मंसिर २५

जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा संचालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ बुधबार धुलिखेल नगरपालिकाको सभाहलमा समापन भएको छ ।

समापन समारोहमा मानवअधिकार, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका तीन व्यक्तित्वलाई समिति द्वारा सम्मान गरिएको हो। सम्मानित हुनेमा— मानवअधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र प्रमुख डा. सम्झना बस्नेत, शिर मेमोरियल अस्पताल बनेपाकी डा. एन्जिला बस्नेत रहेकी छन् ।

यसै अवसरमा, अभियान अन्तर्गत आयोजित काभ्रेपलान्चोक जिल्लास्तरीय सामुदायिक तथा संस्थागत विद्यालयबीचको अनलाइन वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कृत तथा सम्मान गरिएको थियो। “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” विषयमा आयोजित प्रतियोगितामा— प्रथम जनक मावि, भकुण्डेबेसीकी अञ्जली काफ्ले, द्वितीय डेडीथुम्का मावि, महादेवस्थान, मण्डनदेउपुरका रोशनी रम्तेल र तृतीय ग्रामोन्नती मावि, महाभारत गाउँपालिकाकी कुशुम मोक्तान हुन सफल भएकी हुन् ।

समाजमा हुने गरेको जुनसुकै प्रकारको हिंसा रोक्न सबैजना लागि पर्नुपर्ने जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमले बताए । हिंसा विकासको फड्को मार्न, सुसंस्कृत र सभ्य समाज निर्माणको लागि बाधक भएकाले हिंसा रहित समाज निर्माण गर्नुपर्नेमा गौतमको जोड थियो । हामी हिंसा गर्दैनौ र अरुलाई पनि गर्न दिँदैनौ भन्ने नारा आत्मसात  गर्नु पर्नेमा गौतमले जोड दिए । साक्षर समाजमा हिंसा हुने कुरा डरलाग्दो अवस्था भएकाले हिंसा अन्त्य हुनुपर्ने गौतमको भनाइ थियो । 

कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिसस पदाधिकारी, अभियन्ता एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो । 


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments