काभ्रेमा भूमिहीन र अव्यवस्थित बसोबासीका ५,७६२ निवेदन दर्ता, भूमि आयोगको अन्तिम सूचना प्रकाशित

काभ्रेमा भूमिहीन र अव्यवस्थित बसोबासीका ५,७६२ निवेदन दर्ता, भूमि आयोगको …

नमनखबर डेस्क - २०८२-०५-१७

भाद्र १७, मंगलबार, २०८२काभ्रेपलाञ्चोक । भूमि समस्या समाधान आयोग जिल्ला समिति, काभ्रेपलाञ्चोकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन संकलन सम्बन्धी अन्तिम पटकको ३५ दिने सूचना प्रकाशित गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

यसअघि आयोगबाट जारी सूचना समयमै प्रकाशन नभएको भन्ने जनगुनासो बढेपछि र आयोगका प्रतिनिधिहरूले वडास्तरमै पुग्दा पनि बेवास्ता भएको देखिएकाले केन्द्रीय कार्यालयले साउन ३० गतेदेखि लागू हुने गरी अन्तिम सूचना सार्वजनिक गरेको हो।

सदस्य सचिव अशोक कुमार भुसालद्वारा जारी सूचनामा स्थानीय तह र वडा कार्यालयमार्फत सूचना सार्वजनिक स्थान तथा सामाजिक सञ्जालमा टाँस्न, प्रचार–प्रसार गर्न र सो कार्यको प्रतिवेदन ५ दिनभित्र आयोगलाई बुझाउन भनिएको छ।

आयोगका अनुसार हालसम्म काभ्रे जिल्लाभर दर्ता भएका निवेदनको विवरण यसप्रकार छः

* बनेपा नगरपालिका : २०० (भूमिहीन दलित १६, भूमिहीन सुकुम्बासी ८७, अव्यवस्थित बसोबासी ९७)* धुलिखेल नगरपालिका : ८१७ (दलित १९, सुकुम्बासी १०३, अव्यवस्थित ६९५)* पाँचखाल नगरपालिका : ६८८ (दलित ४७, सुकुम्बासी १३५, अव्यवस्थित ५०६)* मण्डनदेउपुर नगरपालिका : २,१६३ (दलित ४१, सुकुम्बासी ६४, अव्यवस्थित २,०५८)* नमोबुद्ध नगरपालिका : १,०६५ (दलित १८, सुकुम्बासी ६९, अव्यवस्थित ९७८)* पनौती नगरपालिका : १६१ (दलित २४, सुकुम्बासी १०१, अव्यवस्थित ३६)* रोशी गाउँपालिका : ५५ (दलित ३, सुकुम्बासी ३६, अव्यवस्थित १६)* तेमाल गाउँपालिका : ५६ (दलित ४, सुकुम्बासी ७, अव्यवस्थित ४५)* खानीखोला गाउँपालिका : ६९३ (दलित ३, सुकुम्बासी ९१, अव्यवस्थित ५९९)* बेथानचोक गाउँपालिका : २ (दलित १, सुकुम्बासी १)* चौंरीदेउराली गाउँपालिका : १६ (दलित १, सुकुम्बासी ६, अव्यवस्थित ९)* महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाको विवरण प्राप्त भएको छैन।

जिल्लाभर हालसम्म जम्मा ५,७६२ निवेदन दर्ता भएका छन्। जसमा १७७ भूमिहीन दलित, ६५१ भूमिहीन सुकुम्बासी र ४,९३४ अव्यवस्थित बसोबासी रहेका आयोगले जनाएको छ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments