साथी र समय : एक यथार्थ

साथी र समय : एक यथार्थ

नमनखबर डेस्क - २०८२-०५-०५

♦ जीवन भुजेल 

जीवन एउटा यात्रा हो, जहाँ हामी अनगिन्ती मानिसहरूसँग भेटिन्छौं। तीमध्ये कोही केही पाइलासम्म सँगै हिँड्ने संगी हुन्छन्, भने कोही जीवनभरका लागि हृदयमा बस्ने साथी बन्छन्। म जब जीवनका विभिन्न मोडहरू पार गर्दै विदेशका थुप्रै स्थानहरूमा बस्न पुगेँ, करिब २५० भन्दा बढी देशका मानिसहरूसँग मित्रता गाँसियो। तर आज जब म विगतलाई सम्झन्छु, ती सबै साथीहरू मध्ये साँचो अर्थमा सम्पर्कमा रहने साथीहरू हातमै गन्न सकिने संख्या मात्र छन् ।

‘साथी’ भन्ने शब्द आफैंमा निकै भावनात्मक र मूल्यवान् हुन्छ। तर समयले सिकाउँछ—सबैजना साथी हुँदैनन्, र सबै सधैं सँगै रहँदैनन्। कहिले परिस्थितिले, कहिले दूरीले, त कहिले समयकै बहानाले सम्बन्धहरू टाढा हुँदै जान्छन्। र जब जीवनमा कठिन क्षणहरू आउँछन्, त्यतिबेला मात्र थाहा हुन्छ—साँचो साथी को हो।

जीवनको यथार्थ यही हो—जो सधैँ साथ दिने जस्ता लाग्छन्, ती धेरैजसो केवल सम्झनामा मात्र सीमित हुन्छन्। तर जसले कठिन समयमा साथ दिन्छन्, उनीहरू जीवनभरको आदर र माया योग्य बन्छन्। साँचो मित्रता कुनै तस्बिर वा स्मृतिमा मात्र सीमित हुँदैन, त्यो त भावना र व्यवहारमा अभिव्यक्त हुन्छ।

त्यसैले, आज हामीले बुझ्नुपर्ने कुरा के हो भने—समयसँगै मानिसहरू बदलिन्छन्, तर हाम्रो सोच र व्यवहार हामी आफैंले निर्धारण गर्ने हो। आजको दिनमा राम्रो बानी बसालौं, सकारात्मक सोच राखौं, सच्चा र इमान्दार सम्बन्धहरू बनाऔं। किनभने आजका साना प्रयासहरूले नै भोलिको दिशा तय गर्छन्।

अन्त्यमा, जीवन सधैं दीर्घकालीन सम्बन्धहरू खोज्ने यात्रामात्र होइन, साँचो र अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्ने अवसर पनि हो। साथी बन्ने प्रयास गरौं, तर त्यसभन्दा पहिले, आफैं साँचो साथी बन्न सिकौं—यही हो मित्रताको वास्तविक सार।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments