२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

बनेपा राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, बेलर इन्टरनेशनल एकेडेमी च्याम्पियन

नमनखबर डेस्क मंसिर १७, २०८२ २१९
बनेपा राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, बेलर इन्टरनेशनल एकेडेमी च्याम्पियन
बनेपा । बनेपा नगरस्तरीय सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मंगलबार सम्पन्न भएको छ। खेल र शिक्षा सँगसँगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा बेलर इन्टरनेशनल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको राष्ट्रपति रनिङ शिल्ड उपाधि हात पारेको छ। विद्यालयले गत वर्ष पनि शिल्ड जितेको थियो। विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले पुरस्कृत गरे।
मन्त्री बादेले सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले खेलकुद विद्यार्थीको स्वास्थ्य प्रवर्धन गर्न महत्त्वपूर्ण रहेको बराए । मन्त्री बादेले प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । बजेट बिनियोजन गरि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न भुमिका खेल्ने मन्त्री बासेको भनाई थियो ।
कार्यक्रमको समापन बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख शाक्यले खेल विद्यार्थीको व्यक्तित्व विकासका लागि महत्वपूर्ण क्षेत्र भएकाले नगरपालिकाले बजेट र सुविधामा प्राथमिकता दिएको बताए। 
नगरप्रमुख शाक्यले अनुशासनमा बसेर समुह कार्य गर्ने र सिक्ने अवसर यस प्रतियोगिताले दिएको विश्वास व्यक्त गरे । कार्यक्रम सफल, व्यवस्थित गर्न खटिने सम्पूर्ण व्यक्तिहरूलाई आभार व्यक्त गरे ।  
कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालले यस खेलकुस राष्ट्रको इज्जत राख्न महत्त्वपूर्ण बन्न सकोस भन्ने कामना गरिन् । 
समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष हरू, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, शिक्षा शाखा प्रमुख उपसचिव देवराज निरौला, कर्मचारीहरू, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 
प्रतियोगितामा दौड, रिले, भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, सटफुट र जेभलिनसहितका खेलहरू समावेश गरिएको थियो । 
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।